कम्बोडियामा डुङ्गा डुब्दा ८ बालबालिकाको मृत्यु

काठमाडौँ - कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दा कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ। सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन्।

‘यो दुःखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन्’ थाउले भनेका छन्। पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ। दुई वयस्क, डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताएका छन्।

एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्। डुङ्गा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन्। नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुङ्गा रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×