बाराका चार खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

काठमाडौँ - भारतमा हुने यु-२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन्।

जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको नामावली घोषणा गर्दा बारा जिल्लाका ४ जना खेलाडीहरु  अन्तिम छनोट भएका हुन्।

बाराबाट सहभागी भएका ४ जना मध्ये डुमरवानाका युनेश चौधरी, निजगढमा जन्मजय धामी, बकुलियाका अजय चौधरी र सिमराका मोहित गुरुङ रहेका छन्। अन्तिम छनोटमा परेका ४  जना यसअघि जिल्लामा स्थानीय क्लबहरूको माध्यमबाट  फुटबल खेल्दै आएका थिए।

जन्मजय र मोहित मिडफिल्डर, अजय डिफेन्डर र युनेस गोलकिपर हुन। सहिद स्मारक बि डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समुहको राष्ट्रिय टोलीमा समावेश भएका हुन। 

जन्मजय, मोहित र अजय यसअघि पनि यु १६ राष्ट्रिय टोलीमा समावेश भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×