फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक

काठमाडौँ - अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्के अभिनित फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा शिक्षक बन्न एक युवाको संघर्षको कथा देखाइएको छ।

फिल्ममा प्रदीप र दीयासँगै मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतको अभिनय रहेको छ।

दिनेश राउतले निर्देशन गरेको फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन्। राजेश श्रेष्ठले छायांकन गरेको चलचित्रलाई जीवन थापाले सम्पादन गरेका छन्। फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्।

भदौ १० गतेदेखि प्रदर्शन हुने फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×