सिंहदरबारभित्र गोली चलाउने पीएसओलाई कारबाही

काठमाडौं । गत कात्तिक १० गते सिंहदरवारभित्र गोली चलाउने राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।

घटनाको छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीका कारण गोली चलेको प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको हो ।

लापर्वाहीका कारण सिंहदरवारमा गोली चलाउने भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकारी दिए । 

भारतीले बोकेको पेस्तोल पड्किएको थियो । संसद सचिवालयको दुई नम्बर भवनमा पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा गोली निस्केर पड्किन पुगेको थियो । पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भएको थिएन । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×