‘ग्रहण’ फिल्मको छायाँकन सर्ने

काठमाडौँ - फिल्म ‘ग्रहण’ को छायांकन केही समयपछि सर्ने भएको छ। राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ का कारण ढिलो हुने भएको हो।

फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद २’ को छायाँकनमा असार दोस्रो सातादेखि बिजि हुने भएपछि फिल्म केही पछि धकेलिएको हो। गत मे बाट नै फिल्मको छायांकन सिक्किममा हुने भनिएता पनि पानी पर्ने सिजन भएकाले छायांकन हुन् सकेको थिएन।

फिल्ममा नम्रतासँगै विनय श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहने छ। नम्रता ‘ग्रहणमा’ योगा प्रशिक्षकको भूमिकामा देखिँने छिन्। निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरि हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×