पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम प्रेस सेन्टर प्रवेश

काठमाडौँ - नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर प्रवेश गरेका छन्।

नेकपा मसाल मसाल निकट प्रगतिशील पत्रकार संघका पूर्व अध्यक्ष जिएम मंगलबार प्रेस सेन्टर प्रवेश गरेका हुन्। लामो समयदेखि मुलधारको पत्रकारिता गरेका जिएम प्रेस सेन्टर प्रवेश गरेका हुन्। पत्रकार महासंघमा प्रगतिशील संघको कोटाबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी माओवादी नजिक भएपनि प्रगतिशील पत्रकार संघमै आवद्ध थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ खुमलटार एक कार्यक्रमकाबीच उनलाई प्रेस सेन्टर प्रवेश गराएका हुन्।

पार्टी प्रवेश गर्नेक्रममा प्रवक्ता कृष्णबहादुर महरा, प्रेस सेन्टर अध्यक्ष विष्णु सापकोटा लगायत सहभागी थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×