काठमाडौं । सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संबाद भएको छ । संसद गतिरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो ।
सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रमलाई सौहार्दपूर्ण बनाउन ओलीसँग आग्रह गरेका थिए । ओलीले गतिरोध अन्त्यका लागि भोलिसम्म सत्तापक्ष निष्कर्षमा पुग्ने आश्वासन दिएका थिए । ओलीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग यस विषयमा छलफल गरेका थिए ।