मुम्बई । बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएको छ । तर त्यसलाई मुम्बई प्रहरीले असफल बनाएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।
पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोई गिरोहका चार जनालाई नवी मुम्बई प्रहरीले पक्राउ गरेको उक्त पत्रिकाले उल्लेख गरेको छ । पक्राउ परेकामा धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया, वसिम चिकना र रिजवान खान छन् ।
आक्रमणका लागि आपूर्तिकर्तामार्फत पाकिस्तानबाट हतियार ल्याउने योजना पनि बनाइएको थियो । यस मामिलामा, प्रहरीले हालसम्म लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी ब्रारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।