काठमाडौँ - कतारमा अर्को सातादेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्र इरानले टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक कार्लोस क्विरेजले आइतबार अन्तिम टोली घोषणा गरेको इरान फुटबल संघले जनाएको छ।
विश्वककमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भएपनि इरानले २५ जनाको टोली घोषणा गरेको हो।
समूह बी मा रहेको इरानले नोभेम्बर २१ मा इंग्ल्याण्डसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ।
इरानी टोली
गोलकिपर - अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी, पायम निएजमान्ड
डिफेण्डर - एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी, अबोलफजल जाली
मिडफिल्डर - भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही, हलि करिमी
फरवार्ड - करिम अन्सारिफार्द, सर्दार अजमोन, मेहदी तारेमी