एक खेल अगावै न्युजिल्यान्डलाई सिरिज

काठमाडौँ - पाहुना टोली न्युजिल्यान्डले आयरल्यान्डविरुद्धको टी-२० सिरिज एक खेल अगावै जितेको छ। बेलफास्टमा बुधबार राति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डलाई ८८ रनले हराएको हो। यससँगै न्युजिल्यान्डले ३ खेलको सिरिज २-० ले जितेको छ।

न्युजिल्यान्डले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १३.५ आभरमा सबै विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो। आयरल्यान्डका लागि मार्क एडियरले २७ रन बनाएका थिए। पाउल स्ट्रर्लिङ २१ र कुर्टिस क्याम्पियरले १४ रन बनाए।

बलिङमा न्युजिल्यान्डका इस सोधी र मिचेल व्राकवेलले ३/३ विकेट लिए। जाकोवी डुफाईले २ र लक्की फर्गुसनले १ विकेट लिएका थिए।  

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा गुमाएर एक सय ७९ रन बनाएको थियो। न्युजिल्यान्डका लागि ड्यानी क्लेभरले अविजित ७८ रन बनाए।

फिना एलेनले ३५ र ग्लेन फिलिप्सले २३ रन जोडे। घरेलु टोलीका आयरल्यान्डका लागि काग्री योग र जोस लिटिलले २/२ विकेट लिएका थिए। यसअघि पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो। तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×