गर्भावस्थाको मजा लिँदै काजल अग्रवाल

भारत। लोकप्रिय दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल यतिबेला आफ्नो गर्भावस्थाको मजा लिइरहेकी छिन्। यहिवर्षको शुरुवातमा अभिनेत्री काजल अग्रवाल र उनका पति गौतम किचलूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरुलाई अभिभावक बन्न लागेको जानकारी दिएका थिए।

काजल अक्सर सामाजिक सञ्जालमा आफ्नो गर्भावस्थाको तस्विरहरु राख्ने गर्छिन्। हालै मात्र उनले आफ्ना पतीसँग खिचेको एक तस्विर शेयर गर्दै 'गोद भराई' गरेको जानकारी दिएकी छिन्। उनले हालै इन्स्टाग्राम र इन्स्टाग्राम स्टोरीमा आफ्नो ;गोद भराई'को तस्विर शेयर गरेकी छिन्। काजलले सन् २०२०मा आफ्नो प्रेमी गौतम किचलूसँग विवाह गरेकी थिइन्। गौतम एक व्यवसायी हुन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×