फ्रान्सेली प्रशिक्षक भन्छन्: विश्वकप जित्न एक कदम अघि बढ

काठमाडौँ - फ्रान्सका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पले बुधबार विश्वकप सेमिफाइनलमा मोरक्कोलाई हराएपछि लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन्।

साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो। ७९औं मिनेटमा सब्स्टिच्युड कोलो मुआनीको गोलसँगै फ्रान्सले पछिल्लो सात संस्करणमा चौथोपल्ट फाइनलमा स्थान बनायो।

‘यहाँ भावना छ, गर्व छ। अब एउटा अन्तिम कदम बाँकी छ,’ सन् २०१८ को विश्वकप विजेता प्रशिक्षक डेसच्याम्पले भने, ‘हामी एक महिनादेखि एकसाथ छौं। यो कठिन सफलताका लागि सबै खुसी छौं।’ आफ्नो टिमलाई लगातार विश्वकपको फाइनलमा पुर्याउने डेसच्याम्प चौथो प्रशिक्षक बनेका छन्। फ्रान्स च्याम्पियन बनेमा लगातार २ विश्वकप जित्ने ब्राजिलपछि (सन् १९६२) पहिलो देश बन्नेछ।

लगातार दोस्रोपल्ट विश्वकपको फाइनल खेल्न पाउनु अविश्वसनीय क्षण हो,’ सेमिफाइनलका गोलकर्ता हर्नाण्डेज भन्छन्, ‘धेरै कठिनाईका बाबजुद हामीले राम्रो खेल्यौं।’ ‘हामी मिहिनेत गछौं र फाइनल जित्नेछौं। मेरो भाइका लागि पनि मैले यो सपना देखिरहेको छु,’ लुकास हर्नाण्डेजतर्फ इशारा गर्दै उनले भने। समूह चरणमा अस्ट्रेलियाविरुद्धको खेलमा घुँडाको गम्भीर चोट व्यहोरेपछि लुकास टिमबाहिर छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×