काठमाडाैँ - केही समयअघि कोरियोग्राफरबाट निर्देशक बनेका बोस्को मार्टिसले रकेट ग्याङ नामक म्युजिकल फिल्म निर्देशन गरेका छन्। सो फिल्ममा आदित्य सिल, निकिता दत्त र अन्यको अभिनय रहेको छ।
यो फिल्म यसै वर्षको नोभेम्बर ११ मा रिलिज हुँदैछ। फिल्ममा अहिलेको चर्चित फिल्म 'ब्रह्मास्त्र'का स्टार रणबीर कपूरको विशेष भूमिका रहनेछ।
रणवीर रकेट ग्याङमा केमियोको भूमिकामा देखिने बलिउड हंगामाले जनाएको छ। तर परम्परागत अतिथि भूमिकाको विपरीत, रणवीर फिल्ममा विशेष नृत्य नम्बरमा देखिनेछन्।
उनले विशेष डान्स नम्बर गीतमा फिचर गरेका छन्। यसअघि रकेट ग्याङ सुरुमा २०२१ मा रिलिज हुने तय गरिएको थियो। तर पछि कोभिडका कारण फिल्मको रिलिज नोभेम्बर २०२२ मा सारिएको थियो।