टिपरको ठक्करबाट बोलेरो गाडीमा सवार तीन जनाको मृत्यु

मोरङ - बेलबारी नगरपालिका–१ स्थित सडकमा विराटचोकबाट बेलबारीतर्फ जाँदै गरेको प्र.१ –०२–००१ ख ९६७६ नम्बरको टिपरले मे.१ ज २८५६ नम्बरको बोलेरोलाई शुक्रबार बिहान ठक्कर दिँदा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक झापा बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय कृष्ण गजुरेलको न्यूरो अस्पताल विराटनगर तथा बोलेरोमा सवार झापा कमल गाउँपालिका–२ बस्ने ५२ वर्षीय यदुकान्त भट्टराई र सोही गाउँपालिका–४ बस्ने ४४ वर्षीया दिपा खनालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । पथरीबाट बेलबारीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिई उक्त टिपर अनियन्त्रित भई बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका बोलरोमा सवार अन्य २ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीले टिपर र बसका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×