आठ करोड मतपत्र छापिँदै

काठमाडौँ - ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए।

एक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नेगरी ८ करोड मतपत्र छाप्नेगरी आयोगले तयारी गरिरहेको छ, एउटा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र र अर्कोमा सोहीबमोजिम दुईवटा गरी चारवटा मतपत्र रहन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

आयोगले दुवै निर्वाचनका लागि प्रत्यक्ष तर्फ २/२ करोड गरी ४ करोड र समानुपातिकतर्फ पनि २/२ करोड गरी ४ करोड गरी कुल ८ करोड मतपत्र छाप्नेछ।  राजधानी दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×