पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले घेरे आयल निगम

काठमाडौँ - इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्। विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले हात–हातमा मूल्य वृद्धिविरुद्ध प्लेकार्ड र सरकारविरोधी नारा लगाउँदै  टेकुस्थित आयल निगम घेराउ गरेका हुन्। संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम तथा खाद्य पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा निरन्तर विरोध गरिरहेको छ। निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि भएको जनाएको थियो। यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो।

नयाँ मूल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी, डिजेल र मट्टीतेलको मूल्य लिटरको १६३ रुपैयाँ कायम भएको छ। बढेको मूल्यअनुसार अब एक सिलिन्डर ग्यासलाई १ हजार ८०० रुपैयाँ तिर्नुपर्नेछ।

विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँदै आए पनि आयल निगम भने अझै घाटा पूर्ति भइनसकेकोले इन्धनको मूल्य अझै बढ्न सक्ने बताउँदै आएको छ। इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडासमेत वृद्धि भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×