मधुसुदन भट्टराईको चलचित्रमा आर्यन सिग्देल

काठमाडौँ। आरआर फिल्म्सको ब्यानरमा नयाँ चलचित्र निर्माण हुन लागेको छ। जसमा अभिनेता आर्यन सिग्देललाई अनुबन्धित गरिएको छ। सोमबार आर्यन र निर्माण पक्षबीच सम्झौता भएको छ।

चलचित्रको आधिकारिक नाम भने तय गरिसकिएको छैन। चलचित्रमा मधुसुदन भट्टराईको निर्देशन रहनेछ। एक्सन र लभ स्टोरी विधामा बन्न लागेको  चलचित्रका निर्देशक भट्टराई चलचित्र ‘हामी तीन भाइ’ पनि निर्देशन गर्ने तयारीमा छन्।

निर्देशकले हामी तीन भाइ’को काम सकिएपछि आर्यनसँगको चलचित्रको काम शुरु हुने जनाएका छन्। आर्यनले यसअघि चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सकाइसकेका छन् भने कविराज गहतराजको निर्देशनमा बन्ने चलचित्र ‘मिरर’मा पनि उनी देखिने छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×