जावलाखेललाई हराउदै मनाङले गर्यो ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत

काठमाडौँ। मनाङ–मर्स्याङ्दी क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ। मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोलको मदतमा मनाङले जित हात पारेको हो। उनले ५७औं मिनेटमा गोल गरेका थिए। जितपछि मनाङले ३ अंक जोडेको छ। 

लिगमा सोमबार पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच तथा दोस्रो खेल मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×