कैलालीबाट अवैध सालको काठ बरामद

धनगढी- कैलालीबाट अवैध सालको काठ बरामद गरिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–१ दक्षिण मझेराबाट ५५ दशमल ९८ क्युफिट सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार दिउँसो बेवारिसे अबस्थामा काठ बरामद गरेको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय बसन्तामा बुझाइको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×