"जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो"– डा. भट्टराई

काठमाडौँ - प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताको समय नजिकिएसँगै दलहरु भागबण्डालाई अन्तिम रुप दिन जुटेका छन्। सिट बाँडफाँटमा सहमति नजुट्दा सत्ता गठबन्धन टुक्रिने खतरा बढेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने साना दलहरूलाई एकीकृत गर्न जुटेको छ। 

गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट निकट पुगेको हाे। जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष डा बाबुराम भट्टराईले भने व्यंग्य कस्न भ्याएका छन्। 

हाल नेपाल समाजवादी पार्टीको अध्यक्ष रहेका डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -'चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×