रिलिजको एकसाता पहिल्यै मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ

काठमाडौँ - फिल्म रिलिज हुन सात दिन बाँकी रहँदै नेपाली मल्टिप्लेक्स हलहरुले ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला गरेका छन्।

क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम बुकिङ खुलाएका हुन्। क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जनाएका छन्।

असोज ७ गते नेपालमा ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैसाथ प्रदर्शन हुने तयारीमा छन्। यसअघि तेलुगू फिल्म ‘केजीएफ २’को अग्रिम बुकिङ पनि एकसाता रिलिज बाँकी रहँदै खुलाइएको थियो। एफक्यूबले ६ शो तथा आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ। सिने द सेफले पनि ६ शो दिएको छ।

‘कबड्डी ४’पछि सुस्ताएको नेपाली फिल्म बजारलाई ‘प्रेमगीत ३’ ले चलायमान बनाउने अपेक्षा हल सञ्चालकले गरेका छन्। निर्माता सन्तोष सेनले बुकिङ खुलाएसँगै अब आफूहरु रिलिजको तयारीमा जुटेको बताएका छन्।

आईएनआईका प्रबन्ध निर्देशक सुरेन्द्र थापाले पनि ‘प्रेमगीत ३’ को बुकिङलाई लिएर दर्शकले सोधखोज गरिरहेको जनाएका छन्। सन्तोष सेन र छेतेन गुरुङ निर्देशित ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×