समीक्षाले ​पलसँगको सम्बन्धबारे वास्तविकता बताउने

काठमाडौँ। समकालिन अवस्थाकी चर्चित गायिका समीक्षा अधिकारी  केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक स्टाटसका कारण चर्चामा रहेकी छिन्। सञ्जालमार्फत गायिकाले तीन दिनअघि नारीलाई कमजोर नठान्न आग्रह गरेकी थिइन्। त्यसपछि उनले ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्ट्याटस लेखेकी थिइन्।

त्यसैगरि बिहीबार समीक्षाले फेसबुकमा अर्को स्ट्याटस लेखेकी छिन् । जसले सबैको ध्यान तानेको छ। स्ट्याटसमा उनले अभिनेता पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने बताएको बुझ्न सकिन्छ। उनको नाम केही समयदेखि पलसँग जोडिँदै आएको छ।

उनले यसअघि पलसँग जोडिएका अफवाह चल्न थालेपछि फेसबुकमार्फत आफू र पलबीच प्रेमसम्बन्ध नरहेको जनाएकी थिइन्। उनले आफू पलको प्रशंसक मात्र भएको र पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको पनि बताएकी थिइन्।

तर, समीक्षाले बिहीबार सोही समयको स्ट्याटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’ समीक्षाको यो भनाईले पल शाहसँग जोडिएर आएका कुराहरु हल्ला नभएको बुझ्न सकिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×