प्रभासको ‘राधे श्याम’ सिनेमाघरमै प्रदर्शन हुने

भारत। दक्षिण भारतीय कलाकार प्रभास र पूजा हेगडेको बहुप्रतिक्षित चलचित्र ‘राधे श्याम’ले प्रदर्शन अघि नै निकै चर्चा कमाएको छ। केही  समयअघि चलचित्रका निर्माताहरुले चलचित्रलाई ओटीटी प्लेटफर्मममा ल्याउने तयारी गरिरहेको खबर आएको थियो। तर, अब यो खबर गलत सावित भएको छ।

चलचित्रका निर्माता कृष जगरलामुडीले चलचित्र सिनेमाघरमा मात्र प्रदर्शनमा ल्याउने जानकारी दिएका छन्। उनले यो कुरा गणतन्त्र दिवसको उपलक्ष्यमा बुधबार बताएका हुन्।

चलचित्रका निर्देशक राधा कृष्ण कुमारले पनि ट्वीटरमार्फत चलचित्र सिनेमाघरमै प्रदर्शन हुने जनाएका छन्। चलचित्रका संगीतकार थमनले ‘राधे श्याम’ दर्शकले सिनेमाघरमै हेर्नुपर्ने चलचित्र रहेको बताउदै सो गर्ने निर्णयको स्वागत गरेका छन्।

चलचित्र १४ जनवरी २०२२ मा प्रदर्शनमा आउने तयारीमा थियो। तर, कोरोना महामारीका कारण त्यसो हुन पाएन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×