काठमाडौँ - केही दिनयता बलिउड मिडिया करण जोहरको ५० औं बर्थडे पार्टीलाई लिएर रंगिएका छन्। बलिउडमा अहिलेसम्मकै ठूलो पार्टी भनिएको यो भव्य जमघटको चर्चा तत्काल सेलाउने छाँटकाँट छैन।
बलिउडका ‘हु इज हु’ सेलिब्रिटी उपस्थित पार्टीमा सहभागी हुन संसारभरबाट उनी निकट ‘सेलेब्स’ पनि मुम्बई पुगे। कतिपयले करणको उक्त पार्टीलाई विश्व फेसनको महाकुम्भ मानिने मेटगालाको संज्ञा दिए।
बलिउड सेलिब्रिटीका डार्लिङ मानिने करण जोहरको लागि भव्य बर्थडे सेट खडा गरिएको थियो। पार्टीमा पुगेका नेपाली फेसन डिजाइनर प्रबल गुरुङप्रति सबैको आँखा अडियो। किनभने प्रबल र करणबीच केही बलिउड मिडियाले अफेयर रहेको गसिप लेखिरहेका छन्।
करणलाई भेट्न पुगेका प्रबलले दुईजनाको भिडियो र तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन्।
केही वर्षदेखि करण र प्रबल मिल्ने साथी हुन्। यी दुईबीचको निकटतालाई मिडियाले अफेयर पनि भनिरहेका छन्। अर्कोतर्फ करणको फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनको म्यानेजरमा प्रबलका भाइ प्रवेश गुरुङ रहेको छन्।