काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयलगत्तै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्र पठाएको छ।
आजको मन्त्रिपरिषद्को निर्णयपछि टिकटक बन्द गर्न भन्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूमा पत्राचार गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार टिकटकको मुख्यालयलाई समेत पत्र पठाइएको छ। प्राधिकरणले २४ घन्टाभित्र टिकटक बन्द हुने पनि जानकारी गराएको छ।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भएको छ। सत्ताधारी दलहरूबाटै विरोध भइरहेको छ।