टी-२० विश्वकपः आज स्कटल्याण्ड र आयरल्याण्ड तथा वेस्ट इण्डिज र जिम्बाबे खेल्दै

काठमाडौँ - टी-२० विश्वकप क्रिकेटमा आज स्कटल्याण्ड र आयरल्याण्ड तथा वेस्ट इण्डिज र जिम्बाबे खेल्दैछन्। होबार्टमा समूह ‘बी’ का २ खेल हुन लागेका हो।

आज हुने पहिलो खेल बिहान पौने १० बजे स्कटल्याण्ड र आयरल्याण्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे वेस्ट इण्डिज र जिम्बाबेबीच खेल हुनेछ। स्कटल्याण्डले अस्ति भएको पहिलो खेलमा वेस्ट इण्डिजलाई हराएको थियो। पहिलो खेलमा आयरल्यान्ड जिम्बाबेसँग हारेको थियो।

अस्ट्रेलियामा भैरहेको विश्वकपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलंका, यूएई, नेदरल्यान्ड्स, वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स, स्कटल्याण्ड, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेश गरी १६ टोलीको सहभागीता रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×