काठमाडौँ- १३ औं मिनेटमा म्याथुज डि लाइटले गोल गरेर अग्रता दिलाए पनि युभेन्टस पुनः दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ।
घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि युभेन्टसले टोरिनोसँग ६२ औं मिनेट गोल खाएको थियो। ४९ अंक बनाउन चुकेको युभेन्टस बराबरीपछि पनि सिरि एमा चौथो स्थानमा भने यथावत् छ।
यसअघि युभेन्टसले एटलान्टासँग पनि १-१ को बराबरी खेलेको थियो।