काठमाडौँ - दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ। निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिएका छन्।
सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो। सुब्बा कबड्डी सिरिजका लेखक समेत हुन्।
फिल्ममा दयाहाङ र मिरुनासहित प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय रहेको छ। पाँचथरका रमणीय स्थानमा फिल्म छायांकन भएको छ।