‘आशिकी ३’ मा कार्तिक आर्यन, अनुराग बसु निर्देशक

काठमाडौँ - ‘भूलभूलैया २’को सफलताले कार्तिक आर्यनलाई भ्याइनभ्याइ छ। केही दिन अघिदेखिबाट मात्र ‘सत्यप्रेम कि कथा’को सुटिङ सेट ज्वाइन गरेका कार्तिक आर्यनले अर्को नयाँ फिल्म हस्ताक्षर गरेको खबर छ।

खबरअनुसार कार्तिक आर्यन ‘आशिकी’ शृंखलाको तेस्रो भागका लागि अनुबन्ध भएका हुन्। विशेष भट्टले निर्माण गर्ने यो फिल्मलाई अनुराग बसुले निर्देशन गर्नेछन्।

महेश भट्टले निर्देशन गरेको पहिलो भागमा राहुल रोयको मुख्य भूमिका थियो। संगीतका कारण यो फिल्म उसबेला सुपरहिट भएको थियो। यसको धेरै वर्षपछि बनेको दोस्रो भागलाई मोहित सुरीले निर्देशन गरेका थिए जसमा आदित्यरोय कपुर र श्रद्धा कपुरले डेब्यू गरेका थिए।

पहिलो भाग झैँ यो भागमा पनि सुपरहिट भएको थियो। तेस्रो भागका लागि कार्तिकको जोडी को रहने भन्ने चाहिँ टुंगो भइसकेको छैन। कंगना रनावतको ‘ग्याङस्टर’मा सहकार्य गरेका अनुराग बसु र विशेष फिल्मको यो दोस्रो सहकार्य हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×