रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ - अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई वर्ष बितिसक्दा पनि यो मामिला अझै सुल्झिने छाँटकाँट छैन। उनको ‘आत्महत्या’को विषयलाई लिएर ईडीले अहिले पनि अनुसन्धान गरिरहेको छ।

यो मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैविक चक्रवर्ती र अन्य व्यक्तिलाई पनि आरोपी तुल्याएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले यी आरोपीविरुद्ध विशेष अदालतमा ड्राफ्ट चार्ज दायर गरेको छ।

उनीहरुमाथि सुशान्तको लागि ड्रग्स खरिद गरेको आरोप लागेको छ। स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरेको छ। उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक्री गरेको दाबी गरेका छन्। उनले अदालतले सबै आरोपीमाथि आरोप तय गर्ने तयारीमा रहे पनि केही आरोपीले डिस्चार्ज एप्लिकेसन दर्ता गराएकोले त्यसो हुन नसकेको बताएका छन्।

यस मामिलाबारे बोल्दै स्पेसल पब्लिक प्रजिक्युटर अतुल सरपन्देले उनीहरुमाथि अभियोगपत्र तयार भएको बताएका छन्। रिया र उनका भाइ शैविकले पनि लागूऔषधको प्रयोग गरेका थिए। यी दुईले नै सुशान्तको लागि ड्रग्स खरिद गरेका थिए।

यस मामिलामा आगामी अदालती सुनुवाइ १२ जुलाईमा हुनेछ। १४ जुन २०२० मा सुशान्त मुम्बईस्थित अपार्टमेन्टमा मृत भेटिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×