प्रतिनिधिसभा बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

काठमाडौँ - करिब एक घण्टा ढिलो गरी सुरु भएको प्रतिनिधिसभाको बैठक यतिबेला जारी छ।

आज आइतबार दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका छन्। प्रतिपक्षी दलको नाराबाजीकैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरेका छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८” पेश गरेका हुन्। यसैगरी अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

बैठकमा एमसिसीमाथिको सैद्धान्तिक छलफल जारी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×