काठमाडौँ- गायक आरसी रिमालको आमा शीर्षकको गीत सार्वजनिक भएको छ। गीतमा राजीव राना मगरको शब्द छ भने टीका बोमजनको संगीत रहेको छ। गीतमा सुष्मा लिम्बू र दीपा तामाङले कोरस स्वर दिएका छन्। आमाको असमायिक निधन भएपछि छोराको संघर्षपूर्ण जीवनका मार्मिक सन्दर्भलाई गीतमा समेटिएको छ।
गीतको भिडियोको निर्देशन पिटर गुरुङले गरेका छन्। भने, मुख्य भूमिकामा आरसीका दाजु समुद्र रिमालले अभियन गरेका छन्। ।आमाको मुख हेर्ने दिनको एक दिनअघि शुक्रबार रिलिज गरिएको गीतले १० हजार भ्युज पाइसकेको छ। भिडियोमा मौलिक नेपाली गाउँले जीवनलाई उतारिएको छ। विगत १० वर्षदेखि संगीत क्षेत्रमा होमिएका रिमालको यसअघि अञ्जु पन्तसँगको युगल गीत ‘सिन्की अचार’ हिट भइसकेको छ।
उनको संगीतमा प्रमोद खरेललगायत धेरै कलाकारले गीत गाएका छन्। औपचारिक संगीत अध्ययनपछि हाल शास्त्रीय संगीतमा व्यस्त रिसाल संगीत प्रशिक्षणबाहेक आउँदो वर्ष आफ्नै स्वर तथा संगीतमा तथा आफ्नो संगीतमा अन्य कलाकारको स्वरमा केही गीत सार्वजनिक गर्ने योजानामा रहेका छन्।