हेर्दाहेर्दैमा रहेको सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ जारी रहने भएको छ ।

अन्तिम सुनुवाइ सुरु भए पनि बहस अझै सकिएको छैन । यसअघि दुई दिन लगातार सार्वजनिक बिदा भएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको हो ।

क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। अदालतमा सन्दीपविरुद्धको मुद्दाको पेसी पटक–पटक सर्दै आएको छ।

जिल्ला अदालत काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×