यस्तो छ 'गंगुबाई काठियावाडी'को कमाई

काठमाडौँ। बलिउड चलचित्ल्मर 'गंगुबाई काठियावाडी' हाल प्रदर्शन भइरहेको छ। माफिया डन गगुंबाईको जीवनमा आधारित चलचित्रमा अभिनेत्री आलिया भट्टले गंगुबाईको भूमिका निभाएकी छिन्।

चलचित्रले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ।  चलचित्रले प्रदर्शनमा आएको ६ दिनमा करिब ६३ करोड भारतीय रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ। पहिलो हप्ता चलचित्रले ६५ करोडभन्दा बढीको व्यापार गर्ने अड्कल गरिएको छ।

बक्स अफिस इन्डियाका अनुसार चलचित्रले पहिलो दिन शुक्रबार १०.५० करोड भारतीय रुपैयाँको, शनिवार १३.३२ करोड भारतीय रुपैयाँ, आइतवार १५.३० करोड भारतीय रुपैयाँ, सोमवार ८. १९ करोड भारतीय रुपैयाँ, मंगलवार १०.०१ करोड भारतीय रुपैयाँ बुधबार ६- ६.५० करोड भारतीय रुपैयाँ कमाएको छ।

संजय लीला भन्सालीको निर्माण र निर्देशन रहेको चलचित्र हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’ मा आधारित रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×