राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) राजीनामा दिने तयारी गरेका छन् । दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका पाण्डेले विश्वासको मत पाउने अवस्था नदेखेपछि आजै राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनायो ।

नेकपा (माओवादी केन्द्र) ले पाण्डेलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिन अगाडि नै सूचना संसद सचिवालयलाई दिनुपर्छ । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कुनै सूचना दिएका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिने हो भने आज अपराह्नसम्ममा सूचना पठाई सक्नुपर्ने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×