कांग्रेस महाधिवेशनः पत्रकारमाथि दुर्व्यवहार भएकोप्रति पत्रकार महासंघको ध्यानाकर्षण 

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुर्व्यवहार गर्दै समाचार संकलनमा अवरोध गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महाधिवेशनका क्रममा आज तीन घण्टा ढिलो गरी सुरू भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकाहरूलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए । समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति महासङ्घले आज विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।

‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । पत्रकारलाई निर्बाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’, महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×