चेल्सीद्वारा एस्टन भिल्ला पराजित

काठमाडौँ - इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ।

आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितका लागि मासन माउन्टले २ गोल गरेका थिए।

खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाति अग्रता दिलाएका माउन्टले खेलको ६५ औं मिनेटमा माउन्टले दोस्रो गोल गर्दै चेल्सीलाई २-० को जित दिलाएका हुन्।

जितसँगै चेल्सीले ९ खेलमा १९ अंक जोडेको छ। यो जितसँगै चेल्सी चौथो स्थानमा छ। एस्टन ९ अंक जोडेर १६ औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×