काठमाडौँ। सफल नेपाली चलचित्र ‘पशुपतिप्रसाद–२’ बन्ने भएको छ। चलचित्रको निर्माण पक्ष छायांकनको तयारीमा जुटेको छ। दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानको लेखन रहेको चलचित्रको छायांकन असारबाट सुरु हुनेछ। निर्माण पक्ष्ले यसबारेमा आधिकारिक जानकारी भने दिइसकेको छैन। खबरका अनुसार निर्माण पक्षले कथा लेखन र कलाकार छनोटको काम पनि पुरा गरिसकेको छ। असारमा वाग्मतीमा बाढी आएको मौकामा चलचित्रको छायांकन गर्न लागिएको स्रोतले जनाएको छ।
भस्मे डन (विपीन कार्की) र पशुपतिप्रसाद (खगेन्द्र लामिछाने)लाई चलचित्रमा देख्न सकिने सम्भावना प्रवल रहेको स्रोतले जनाएको छ। चलचित्रको निर्देशन दीपेन्द्र के खनालले गर्नेछन्। ६ वर्ष अघि प्रदर्शनमा आएको चलचित्रको पहिलो सिक्वलले दर्शकहरुबाट धेरै माया पाएको थियो।