माधव नेपाल भन्छन् : नेपाली कम्युनिस्ट पार्टीको विकल्प छैन

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेकपाको विकल्प नभएको बताएका छन्। रुकुमदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावललाई पेरिसडाँडामा आयोजित सम्मान कार्यक्रममा नेपालले यस कुरा बताएका हुन्।

नेपालले प्रतिकूल अवस्थामा नयाँ यात्रा गर्ने प्रचण्डलाई आगामी निर्वाचनका लागि रुकुममा आउन आग्रह गरेको समर्थन गरे। उनले भने, “नेपाली कम्युनिस्ट पार्टीको कुनै विकल्प छैन, एकताको कुनै विकल्प छैन। प्रतिकूल अवस्थामा नयाँ यात्रा गर्ने प्रचण्डका भावनालाई समेट्नुपर्छ।

केशव रावल पुस १ गतेदेखि पैदल यात्रा गर्दै सोमबार मात्रै काठमाडौँ आइपुगेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×