काठमाडौँ - काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेकपा एमालेले पुनः अग्रता लिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा एमालेका उम्मेदवार मिठाराम अधिकारीले ४७३८ मत ल्याई अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विनोद चालिसेले ४५८७ मत प्राप्त गरेका छन्। उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो ।
यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेका उमेदवार अनिता लामाले ५२४२ मत ल्याएर अग्रता लिएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उमेदवार रमिला वाग्लेले ५०५२ मत प्राप्त गरेकी छिन्।