महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाडौँ - महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×