फिफाले दियो एन्फा अध्यक्ष नेम्वाङलाई बधाई तथा शुभकामना

काठमाडौँ - अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ।

क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन्। ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्षमा निर्वाचित भएका थिए।

मंगलबारै फिफाले पनि नेम्वाङलाई बधाई दिएको थियो। बधाई दिने क्रममा कतारले एन्फासँगको बलियो सम्बन्धलाई निरन्तरता दिँदै अघि बढ्ने बताएको छ।

कतारले नेपालको फुटबल विकासका सहयोग गर्दै आएको छ। जसमध्ये मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी हुन्। नेपाली राष्ट्रिय फुटलब टिमका मुख्य प्रशिक्षक अलमुताइरको तलब खर्च क्युएफएले नै व्यहोर्दै आएको छ।

तर नेम्वाङ र अलमुताईरीबीचको सम्बन्ध राम्रो छैन। नेम्वाङले चुनाव जितेपछि अलमुताइरीलाई निरन्तरता दिन्छन् दिन्नन् भन्ने चासोको विषय बनेको छ। एन्फा पनि उनीसँग छलफलमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×