श्रीमती किरणसँग डिभोर्स गर्दै अभिनेता रमेश उप्रेती ?

काठमाडौँ। अभिनेता रमेश उप्रेतीको दाम्पत्य सम्बन्ध अन्त्य हुने अवस्थामा पुगेको छ। निकट स्रोतका अनुसार अभिनेता उप्रेती श्रीमती किरण राणासँग अलग बस्न थालेको ६ महिना भइसकेको छ। 

पहिलो पतिसँग डिभोर्स गरेकी राणा र अभिनेता रमेशबीच प्रेम विवाह भएको थियो। रमेशभन्दा किरण केही वर्ष जेठी छन्। उनीहरूको कुनै सन्तान भने भएको छैन। विवाहपछि दुवै अमेरिका गएका थिए।

झन्डै एक दशक त्यहाँ बसेर पाँच वर्षअघि नेपाल फर्केका हुन्। त्यसयता उनीहरू काठमाडौंको बूढानीलकण्ठस्थित सीजी भिल्लामा सँगै बसिरहेका थिए।
तर ६ महिनायता अभिनेता रमेश पत्नी छाडेर बूढानीलकण्ठमै फ्ल्याट भाडामा लिएर बसेका छन्। उनीहरू अहिले सम्बन्ध विच्छेदेको कानुनी प्रक्रियामा रहेको निकट स्रोतले जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×