दयाहाङ राई र तनिष्ठा चटर्जी ‘स्काई इज माइन’मा सहकार्य गर्दै

काठमाडौँ - बलिउड अभिनेत्री तनिष्ठा चटर्जी र दयाहाङ राईले निर्देशक दीपक रौनियार र निर्माता प्रज्वल राणाको नयाँ फिल्म ‘द स्काई इज माइन’मा काम गर्ने भएका छन्। 

फिल्ममा दीपक र प्रज्वलसहित सिंगापुरका जेरेमी चु, नर्वेका एलेन आर मिलिगेन र फ्रान्सका क्यारोल स्कोटाले पनि सहकार्य गर्नेछन् । फिल्ममा बलिउड अभिनेत्री तनिष्ठा, दयाहाङ र आशा मगराती मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेका छन्।

आदि फिल्म्सको ब्यानरमा बन्ने यो फिल्ममा छायांकन आगामी मे महिनादेखि सुरु हुने भनिएको छ।

यो फिल्मले दक्षिणमा एसियामा जातप्रथाको कथा देखाउनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×