इटालियन सिरी एः भिराेनाविरुद्व एसी मिलानको रोमाञ्चक जित

काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिकाे खेलमा एसी मिलानले जित हात पारेकाे छ। उसले घरेलु टाेली भिराेनाविरुद्व २-१ काे राेमाञ्चक जित हात पारेकाे हाे।

मार्केन्टाेनियाे बेन्टेगाेडी स्टेडियममा खेलकाे नवाैं मिनेटमा मिगुएल भेलाेसाेकाे आत्मघाती गाेलमार्फत मिलानले सुरूवाती अग्रता लिएकाे थियाे। १९ औं मिनेटमा काेरी गन्टरले भिराेनालाइ १-१ काे बराबरीमा ल्याएका थिए। ८१ औं मिनेटमा स्यान्ड्रो टोनालीले गाेल गरेपछि मिलानले २-१ काे राेमाञ्चक जित निकालेको हो।

याे जितसँगै १० खेलमा २३ अंक जाेडेकाे मिलान तेस्रो स्थानमा रहँदा पराजित भिराेना समान खेलबाट ५ अंकका साथ १८औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×