काठमाडौं । नेपाली कांग्रेसको पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बस्न लागेको आजको बैठकमा संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल हुने देउवाको सचिवालयले जनाएको छ । संसद् बैठक भोलि मंगलबार बोलाइएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए ।