काठमाडौं - आज राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा आज दिउँसो १ बस्ने बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने कार्य सूची रहेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० र ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।