भारत। बलिउड अभिनेत्री आलिया भट्ट चाडै नै तेलुगू चलचित्र ‘आरआरआर’मा देखिने छिन्। ‘आरआरआर’सँगै उनका धेरै बहुप्रतिक्षित चलचित्रहरु प्रदर्शनमा आउने तयारीमा रहेका छन्।
यसैबिच खबर आएको छ कि अभिनेत्री आलियालाई अन्य दक्षिण भारतीय चलचित्रहरुबाट पनि प्रस्ताव आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनले नयाँ चलचित्रको लागि सम्झौता पनि गरिसकेकी छिन्। खबरका अनुसार उक्त नाम नखुलाइएको चलचित्रमा जुयिनर एनटीआर पनि मुख्य भूमिकामा देखिनेछन्।