माइतीघरमा सरकारविरुद्ध जेनजी समूहको प्रदर्शन, पम्प्लेट र नारा बोकेर विरोध|

काठमाडौँ, मंसिर ११ । काठमाडौँको माइतीघर मण्डलामा जेनजी समूहले आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। समूहका युवाहरू टाउकोमा कालो पट्टी बाँधेर विभिन्न पम्प्लेट र प्लेकार्डसहित सरकारप्रति असन्तुष्टि प्रकट गर्दै सडकमा उत्रिएका थिए।

प्रदर्शनमा सहभागीहरूले—
“ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”,
“सुशीलाको पाराले, दुख पाए साराले”,
“जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी”
जस्ता नारासहित पम्प्लेट प्रदर्शन गरे।

माइतीघर क्षेत्रमा केही बेरसम्म नाराबाजी चलेको थियो। प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भएको प्रहरीले जनाएको छ।

जेनजी समूहले हाल देशमा बढ्दो राजनीतिक अस्थिरता, सरकारी निर्णयप्रतिको असन्तुष्टि र युवा पुस्ताको आवाज बेवास्ता भएको आरोप लगाउँदै लगातार जनमत अभिव्यक्त गर्दै आएको छ।

घटनास्थलका विभिन्न तस्बिरहरू सामाजिक सञ्जालमा पनि तीव्र रूपमा साझा भइरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×