स्पेनिस ला लिगा फूटबलको उपाधि ३५औं पटक रियल मड्रिडलाई

काठमाडौँ- रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फूटबलको उपाधि जितेको छ।

गएराति स्पानियोललाई ४–० गोलले हराएको रियलले ४ खेल अगावै उपाधि उचालेको छ। घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेञ्जिमाले एक(एक गोल गरेका थिए।
रोड्रिगोले ३३ औं र ४३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि ५५ औं मिनेटमा एसेन्सियो र ८१ औं मिनेटमा बेञ्जिमाले गोल थपेका थिए ।जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ। रियलको दोस्रो स्थानको सेभिया भन्दा १७ अंक बढी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×